अखिलको अध्यक्षमा बडालले ९६२ मत ल्याउँदा लामिछानेको ३५६ मत ( सबै मतपरिणाम)

हिमाल प्रेस ५ फागुन २०७९ १०:३४ | Friday, February 17, 2023
अखिलको अध्यक्षमा बडालले ९६२ मत ल्याउँदा लामिछानेको ३५६ मत ( सबै मतपरिणाम)

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (अनेरास्ववियु)को २३ औँ राष्ट्रिय सम्मेलनबाट समिक बडाल निर्वाचित भएका छन्।

आज(शुक्रबार) बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएका हुन्।
बडालले ९ सय ६२ तथा लामिछानेले ३ सय ५६ मत पाए। अर्का प्रतिस्पर्धी लोकेश निरौलाले ११३ मत, मोती बिकले ७८ मत ल्याउँदा वाङ्छु योञ्जनले ८ मत ल्याएका छन्। योञ्जनले मतदान सुरु हुन लाग्दा बडाललाई समर्थन गरेका थिए।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती ९७५१०, मर्यादा विष्ट ९६७५० र धर्म गिरी ९५०१ मत० निर्वाचित भएका छन् ।

महासचिवमा नरेश रोकाया ७ सय ३३ मत प्राप्त गरी विजय भए । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग ९अनुशासन, लेखा र निर्वाचन० मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

 

प्रकाशित: ५ फागुन २०७९ १०:३४ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast