राष्ट्रियता, संघीयता र जनजीविकाका सवालमा ध्यानाकर्षण गर्दै जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हिमाल प्रेस ५ फागुन २०७९ ९:१८ | Friday, February 17, 2023
राष्ट्रियता, संघीयता र जनजीविकाका सवालमा ध्यानाकर्षण गर्दै जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- राष्ट्रिय जनमोर्चा(राजमो)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेलसहितको टोलीले आज शुक्रबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो। केसीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियता, संघीयता र जनजीविकाका सवाल समेटिएको ज्ञापनपत्र बुझाएका थिए।

अध्यक्ष केसीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो।

भेटमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए। प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएका छन्।

गणतन्त्र, संघीयता, राष्ट्रियता र जनजीविकाका विभिन्न विषय समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र बुझाएको जनमोर्चाले जनाएको छ।

 

प्रकाशित: ५ फागुन २०७९ ९:१८ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast