अनेरास्ववियुको अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया

हिमाल प्रेस ५ फागुन २०७९ ६:५७
38
SHARES
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। चार प्रतिस्पर्धीलाई पछि पार्दै बडालले जितेका हुन्। यद्यपि, निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन।

उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया  निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए।

प्रकाशित: ५ फागुन २०७९ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =