ग्यास विस्फोट हुँदा दुई जना घाइते

हिमाल प्रेस ४ फागुन २०७९ १६:१६ | Thursday, February 16, 2023
ग्यास विस्फोट हुँदा दुई जना घाइते

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ४ फागुन २०७९ १६:१६ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast