धनगढी- कञ्चनपुर क्षेत्र नं ३ (क) बाट प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल विजयी भएका छन्। सत्ता गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गरेका रावलले ८ हजार १ सय ६३ मत ल्याएका छन्।
रावलले आफ्ना निकटतम् प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशीले ६ हजार १ सय १४ मत ल्याएका छन्। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट टेकेन्द्र भट्टले ५ हजार ६ सय ७४ मत ल्याएका छन्।
प्रकाशित: ८ मंसिर २०७९ १०:३४
प्रतिक्रिया