नेपाललाई जर्मनीको १५ लाख कोभिड खोप सहयोग

हिमाल प्रेस ४ फागुन २०७९ १४:४८ | Thursday, February 16, 2023
नेपाललाई जर्मनीको १५ लाख कोभिड खोप सहयोग

काठमाडौँ– नेपाललाई जर्मनीले १५ लाख कोभिड–१९ डोज खोप सहयोगस्वरूप उपलब्ध गराएको छ। जर्मनीले कोभ्याक्स फेसिलिटीमार्फत पÞmाइजर बायोएनटेकको बाइभेलेन्ट कोभिड–१९ डोज खोप हस्तान्तरण गरेको हो। नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई उक्त खोप हस्तान्तरण गरेका हुन्।

सो क्रममा नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विश र नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवको पनि उपस्थिति थियो। राजदूत डा. प्रिन्जले महामारीको सुरुवातदेखि नै जर्मनीले नेपाली जनतालाई सहयोग गर्दै आएको बताए।

जर्मनीमा आविष्कार गरिएका खोपहरू नेपाललाई हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए।

प्रकाशित: ४ फागुन २०७९ १४:४८ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast