प्रतियोगितामा गोलका लागि संघर्ष गर्दै खेलाडीहरू। तस्बिर-दिपेश श्रेय्ठ/हिमाल प्रेस
काठमाडौँ– केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता ०७९ को तयारीका लागि राजनीतिक दलका नेता र कलाकारहरूले बुधबार फुटबल खेलेका छन्।
नेकपा एमालेसहित दल, तिनका भातृ संगठनमा आवद्ध नेताहरू र नेपालका वरिष्ठ कलाकारबीच बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्स, सातदोबाटोको मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो।
माघ १७ गतेसम्म टिम दर्ताको समय तोकिएको प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुन गइरहेको छ। प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेश र विदेशी खेलाडीहरूको सहभागिता रहने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।
फुटबलका माध्यमबाट नागरिक, संघ संस्था तथा राजनितीक दलहरूलाई खेलमा प्रेरित गर्नु केपी ओली कपको उद्देश्य रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टीमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोल रक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।
प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार पाउने आयोजकले जनाएको छ।






