राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ‘एससीटी यूपीआई’ डेबिट कार्ड सेवा

हिमाल प्रेस ३ फागुन २०७९ १५:१६ | Wednesday, February 15, 2023
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ‘एससीटी यूपीआई’ डेबिट कार्ड सेवा

काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले ‘एससीटी यूपीआई’ डेबिट कार्ड सेवा पाउने भएका छन्। त्यसका लागि स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) कम्पनी र बैंकबीच सम्झौता गरिएको छ। सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

दुईपक्षीय सम्झौताले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको बैंकले जानकारी दिएको छ। ‘राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन्’ सम्झौतापछि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई–कमर्श लगायत सेवा लिन सक्ने स्मार्ट च्वाइस टेक्नोलोजिज कम्पनीको भनाइ छ।

प्रकाशित: ३ फागुन २०७९ १५:१६ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast