अहिलेको सत्ता गठबन्धन खिचडी गठबन्धन हो : माधव नेपाल ‍

हिमाल प्रेस ३ फागुन २०७९ १०:१२
22
SHARES
अहिलेको सत्ता गठबन्धन खिचडी गठबन्धन हो : माधव नेपाल ‍ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धनलाई खिचडी गठबन्धनको संज्ञा दिएका छन्।

कास्कीमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले वर्तमान गठबन्धन संविधान, गठबन्धन र संघीयताप्रति प्रतिबद्ध नभएको आरोप लगाएका छन्।

उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिविना तय गर्न नहुने बताएका छन्।

उनले आफूहरूले पनि राष्ट्रिय सहमतिविना उम्मेदवारी नदिने बताए।

उनले मेची किनारबाट प्रतिगमन सुरु भएको बताए। उनले दुर्गा प्रसाईंले सुरु गरेको राजतन्त्र फर्काउने अभियानले मुलुक प्रतिगमन फर्कने सकेत गरेको बताए।

प्रकाशित: ३ फागुन २०७९ १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =