बिर्तामोडको गन्तव्य नाइट क्लबमा भीषण आगलागी

हिमाल प्रेस १० मंसिर २०८३ ७:४५ | Thursday, November 26, 2026
बिर्तामोडको गन्तव्य नाइट क्लबमा भीषण आगलागी

काठमाडौँ- झापास्थित बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ। आज बिहानको राति १;४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक शिवाकोटीले सन्चालन गरेको गन्तव्य नाइट क्लबभित्र जडान गरिएको एसीमा विद्युत सर्ट भइ अचानक आगलागी भएको हो।

आगलागीबाट क्लबभित्र रहेको १ थान एसी, वालमा लगाइएको काठ, ढोका तथा क्लबको एलइडी समेतमा गरी अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जितेन्द्रकुमार मण्डलको कमाण्डमा गाडी मोबाइल टोली र क्युआरटी टोली खटिएको थियो ।

स्थानीयको सहयोगमा उक्त आगो बिहान २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । बिर्तामोड नगरपालिकाको दमकल पुगेको तर प्रयोग नभई आगो नियन्त्रणमा आइसकेको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रकाशित: १० मंसिर २०८३ ७:४५ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast