दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

हिमाल प्रेस ९ मंसिर २०८३ १४:२० | Wednesday, November 25, 2026
दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

काठमाडौँ- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।

कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० ले हराउँदै विजय सुरुआत गरेको हो।

आर्मी क्लबका भरत खवासले २३औँ मिनेटमा पहिलो र लाकेन लिम्बुले ५२औँ दोस्रो मिनेटमा दोस्रो गोल हान्दै आफ्नो टोलीको जीत सुरुआत गरेका थिए।

खेलको ६४औँ मिनेटमा भने लुम्बिनी प्रदेशका विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल हान्दा आर्मी क्लबको गोलमा अंक बढेर तीन पुग्यो।

उक्त खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर वीरेन्द्र पाण्डेले जानकारी दिए।

प्रकाशित: ९ मंसिर २०८३ १४:२० | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast