प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

हिमाल प्रेस ७ मंसिर २०८३ १६:२७ | Monday, November 23, 2026
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता भएको छ।

दुई दिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री शाहले राष्ट्रपति मूर्मूसँग सोमबार शिष्टाचार भेटवार्ता गरेका हुन्।

राष्ट्रपति मूर्मूसँग भेटवार्ता गर्न प्रधानमन्त्री शाह ‘कर्तव्यपथ’ स्थित राष्ट्रपति कार्यालय पुगेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार नयाँदिल्ली पुगेका हुन्।

राष्ट्रपति मुर्मूसँगको भेटपछि उनको सिधै इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री शाहको अहिले पाँच बजे नेपाल वायुसेवा निगमको नियमित जाहजबाट स्वदेश फर्कने कार्यक्रम छ।

यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग ‘वान अन वान’ वार्ता गरेका थिए। त्यसपछि दुवै पक्षबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो।

त्यस्तै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार नै अयोध्या–जनकपुरधाम सञ्चालन हुने ‘सरयू–कमला’ रेल र दार्चुला पुलको संयुक्त उद्घाटन गरेका थिए।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै पक्षबीच आठबुँदे समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १६:२७ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast