प्रधानमन्त्रीको भारत भ्रमण

बालेन र मोदीद्वारा जनकपुर-अयोध्या रेलसेवाको उद्घाटन

हिमाल प्रेस ७ मंसिर २०८३ १४:०१ | Monday, November 23, 2026
बालेन र मोदीद्वारा जनकपुर-अयोध्या रेलसेवाको उद्घाटन

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जनकपुर–अयोध्या जोड्ने रेल उद्घाटन गरेका छन्। सोमबार नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा हल्लाएर उद्घाटन गरेका हुन्।

करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने योजना छ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ।

६०४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिनेछ।

प्रकाशित: ७ मंसिर २०८३ १४:०१ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast