काठमाडौँ- नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको ५२औँ साधारण सभाले तीन वर्षे कार्यकालका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष पदका प्रतिस्पर्धी गोपालकाजी कायस्थलाई १६ मतले पराजित गर्दै जबरा निर्वाचित भएका हुन्। संघका अन्य कार्यसमिति सदस्य भने निर्विरोध चयन भएका छन्।
चलचित्र प्रदर्शकको खुला समूहतर्फ दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी गरी चार जना चयन भएका छन् । त्यसैगरी, चलचित्र वितरकको तर्फबाट करण श्रेष्ठ र गोविन्दबहादुर शाही गरी दुई सदस्य चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले चलचित्र प्रदर्शन तथा वितरण व्यवसायका समस्या समाधान गर्दै समग्र नेपाली चलचित्र क्षेत्रको विकासमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।



