काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– ३ मा उत्कृष्ट प्रदर्शन गरेका चितवन राइनोजका बलर रिजन ढकालले कार र बाइक दुवै पुरस्कार प्राप्त गरेका छन् ।
एनपीएलको सिजन– ३ मा ८ खेलबाट सर्वाधिक १७ विकेट लिएका ढकालले अमोडा कार र पल्सर बाइक प्राप्त गरेका हुन् । ढकालले गोल्डेन क्याप जितेका छन् ।
त्यस्तै, सर्वाधिक रन प्रहार गर्ने नेपाली खेलाडी विराटनगर किङ्ग्सका लोकेश बमले पल्सर बाइक प्राप्त गरे । भने, बलिङमा जादू देखाएका जनकपुर बोल्ट्सका राहुल यादवले इमर्जिङ प्लेयर बनेर पल्सर बाइक जितेका छन् ।
त्यस्तै, च्याम्पियन टोली सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी बनेर ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रकाशित: ६ मंसिर २०८३ ७:०६ | Sunday, November 22, 2026
प्रतिक्रिया



