मधेशमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बने सरोज यादव

हिमाल प्रेस ५ मंसिर २०८३ १४:०६ | Saturday, November 21, 2026
मधेशमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बने सरोज यादव

काठमाडौँ- मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार उनलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दल जसपाका संसदीय दल नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। तर अब यादवले ३० दिनभित्र बहुमत साबित गर्न प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।

मुख्यमन्त्री पदमा दाबी गर्न मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको थियो।

तर यस अवधिमा कुनै पनि दलले नयाँ सरकार गठनको दाबी पेस गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा ९३० अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

 

प्रकाशित: ५ मंसिर २०८३ १४:०६ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast