यस्तो छ जनकपुरधाम-अयोध्या रेलको समयतालिका

हिमाल प्रेस ३ मंसिर २०८३ १७:१२ | Thursday, November 19, 2026
2
SHARE
यस्तो छ जनकपुरधाम-अयोध्या रेलको समयतालिका

काठमाडौँ- जनकपुरधाम-अयोध्याबीच सञ्चालन हुन लागेको साप्ताहिक रेलसेवाको समयतालिका सार्वजनिक भएको छ। भारतीय रेल मन्त्रालय र रेलवे बोर्डले रेल सेवाको कार्यतालिका सार्वजनिक गरेको हो।

 बोर्डले जनाएअनुसार १७ डिब्बा (कोच) भएको यो विशेष रेल जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार सञ्चालन हुनेछ।

नोभेम्बर २३ (मंसिर ७ गते) प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट हरियो झन्डा देखाएर रेल सेवा उद्घाटन गर्ने कार्यक्रम छ। रेल सेवा उद्घाटन कार्यक्रम उत्तर प्रदेशको लखनऊमा आयोजना गरिएको छ। प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत भ्रमणमा जाँदै छन्।

निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ जनकपुरधाम-अयोध्या क्यान्ट साप्ताहिक एक्सप्रेस जनकपुरधामबाट प्रत्येक शनिबार नेपाली समयअनुसार दिउँसो १ः१० बजे प्रस्थान गर्नेछ।

त्यसपछि यो रेल भारतीय समयअनुसार दिउँसो २ः१० बजे जयनगर, साँझ ७ बजे सीतामढी र राति १०ः५० बजे नरकटियागन्ज पुग्नेछ। त्यहाँबाट अगाडि बढ्दै बिहान ३ः५५ बजे गोरखपुर हुँदै आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।

रेल नम्बर १५५९६ अयोध्याबाट भारतीय समयअनुसार प्रत्येक सोमबार साँझ ५ः५० बजे जनकपुरधामका लागि प्रस्थान गर्नेछ। यो रेल राति १०ः१३ बजे गोरखपुर, बिहान १ः५० बजे नरकटियागन्ज र ४ः४२ बजे सीतामढी आइपुग्नेछ। त्यस्तै मंगलबार बिहान ८ः३० बजे जयनगर हुँदै दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ।

जनकपुरधाम-अयोध्या क्यान्ट साप्ताहिक एक्सप्रेसका बिसौनीहरू

जनकपुरधामबाट प्रस्थान गरेपछि यो रेल ११ वटा स्टेसनमा रोकिनेछ। यसमा जयनगर, मधुबनी, दरभंगाको सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोखरपुर, बस्ती, मनकापुर र अयोध्याधाम स्टेसन सामेल छन्। रेलको प्राथमिक मर्मतमसम्भार जयनगरमा गरिनेछ भने नरकटियागन्ज र गोरखपुरमा पानी भर्ने व्यवस्था रहनेछ।

जनकपुरधाम–अयोध्याबीच रेल सञ्चालन निश्चित, बालेन र मोदीले उद्घाटन गर्ने

प्रकाशित: ३ मंसिर २०८३ १७:१२ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast