कति छ डलरको भाउ?

हिमाल प्रेस ३ मंसिर २०८३ ६:४९ | Thursday, November 19, 2026
4
SHARES
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकन डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइनसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर १ को खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६.१ पैसा छ। हिजो अमेरिकन डलर १ को खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी युरो १ को खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २१ पैसा छ। हिजो युरो १ को खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४८३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ९८ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९५ रुपैयाँ ५२ पैसा बिक्रीदर ३९७ रुपैयाँ ११ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९५ रुपैयाँ ७१ पैसा बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा थियो।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

त्यसैगरी आज स्विस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा तोकिएको छ।

आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा कायम भएको छ।

आज थाई भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७० पैसा र बिक्रीदर १४ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ तोकिएको छ।

आज हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ११ पैसा रहेको छ।

प्रकाशित: ३ मंसिर २०८३ ६:४९ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast