यसकारण पक्राउ परे दुई पूर्वमन्त्रीसहित ६ उच्च पदस्थ

हिमाल प्रेस ३ मंसिर २०८३ ६:४० | Thursday, November 19, 2026
4
SHARES
यसकारण पक्राउ परे दुई पूर्वमन्त्रीसहित ६ उच्च पदस्थ सीआईबी

काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको र त्यसरी संकलन गरिएको अर्बौँ रुपैयाँ विदेश पठाइएको प्रकरणमा दुई मन्त्रीसहित छजना पक्राउ परेका छन्।

मलेसिया जाने कामदारको बायोमेट्रिक तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाका सञ्चालकदेखि श्रम मन्त्रालयका तत्कालीन मन्त्री र उच्च अधिकारीसम्म तानिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार यही प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङ छन्।

 

प्रकाशित: ३ मंसिर २०८३ ६:४० | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast