सीआईबी
काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको र त्यसरी संकलन गरिएको अर्बौँ रुपैयाँ विदेश पठाइएको प्रकरणमा दुई मन्त्रीसहित छजना पक्राउ परेका छन्।
मलेसिया जाने कामदारको बायोमेट्रिक तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाका सञ्चालकदेखि श्रम मन्त्रालयका तत्कालीन मन्त्री र उच्च अधिकारीसम्म तानिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार यही प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङ छन्।




