काठमाडौँ- धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्। विश्वकर्मा बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका थिए।
उनले एक वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको गृहमन्त्रीले बताएका छन्। उनले अभियन्ता हुँदा वा जेनजी आन्दोलन पश्चातका प्रयासहरूमा तत्काल केही गर्न नसके पनि, गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको दाबी गरे।
उनले ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने दाबी गरेका छन्।



