लामो समयदेखि कार्यालय नपुगेका पशु विकास अधिकृतलाई मन्त्रालयले माग्यो स्पष्टीकरण

हिमाल प्रेस २ मंसिर २०८३ ७:४४ | Wednesday, November 18, 2026
लामो समयदेखि कार्यालय नपुगेका पशु विकास अधिकृतलाई मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौँ- कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित एक निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै पशु विकास अधिकृत डा. सरोज खतिवडासँग स्पष्टीकरण माग गरेको हो। मन्त्रालयका अनुसार खतिवडा बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिनभन्दा बढी समय अनुपस्थित रहेको पाइएको छ । वैदेशिक अध्ययन पूरा गरेपछि तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा हाजिर भएको पनि नदेखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ११० बमोजिम १५ दिनभित्र सफाइ पेस गर्न मौका दिएको थियो। तर, खतिवडाले मन्त्रालयमा कुनै जवाफ नपठाएको सूचनामा उल्लेख छ ।

त्यसपछि मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम सजाय किन नगर्ने भन्दै ३० दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रकाशित: २ मंसिर २०८३ ७:४४ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast