मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बेच्नुपर्ने

हिमाल प्रेस १ मंसिर २०८३ ११:३६ | Tuesday, November 17, 2026
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बेच्नुपर्ने

काठमाडौँ- पशु वधशाला तथा मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा आएको छ। जारी भएको २८ वर्षपछि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यन्वयनमा आएको हो। पहिलो चरणमा काठमाडौंका उपत्यका जिल्लाहरु काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा यो ऐन कार्यान्वयनमा आएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वच्छ मासुको उपलब्धता सुनिश्चित गर्न सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशित गरी देशभर तीन चरणमा ऐन लागु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

सोही कार्यतालिका अनुसार आज मङ्सिर १ गतेदेखि पहिलो चरणमा उपत्यकाका २१ स्थानीय तहमा ऐन लागु भएको हो। ऐन कार्यान्वयनमा आएसँगै जथाभाबी पशु वध गर्न र मासु बेच्न पाइने छैन्। तोकिएको वधशालामा पशु वध गर्नुअघि र वध गरिसकेपछि पशु चिकित्सक र प्राविधिकबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने छ।

परीक्षणबाट खानयोग्य प्रमाणित भई ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बजारमा बिक्री–वितरण गर्न पाइने कानुनी व्यवस्था गरिएको छ।

पहिलो चरणमा लागु भएका २१ वटा स्थानीय तहले नै यो ऐन लागु गर्नका लागि आवश्यक तयारी गरिरहेका छन्। पशु सेवा विभागका आज काठमाडौँको भ्याली कोल्डस्टोर र भक्तपुरको वधशालाबाट मासुमा ‘स्वस्थ’ छाप लगाउने कार्यको औपचारिक शुभारम्भ गरिनेछ।

प्रकाशित: १ मंसिर २०८३ ११:३६ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast