तलातको अर्धशतकमा चितवनलाई कर्णालीलाई दियो १५४ रनको लक्ष्य

हिमाल प्रेस २९ कार्तिक २०८३ १४:२३ | Sunday, November 15, 2026
तलातको अर्धशतकमा चितवनलाई कर्णालीलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजसामु कर्णालीले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रनको योगफल तयार पारेको हो।

कर्णालीका लागि हुसैन तलातले सर्वाधिक ५१ रनको योगदान दिए। उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। ओपनर अरिफुल इस्लामले ३५ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झाले १८ र पवन सर्राफले १५ रन थपे। दिपक डुम्रे ७, मार्क वाट ६, डेविड मिलर ५, सोमपाल कामी ४ रन बनाउँदै आउट भए।

चितवनका लागि कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २ विकेट लिए। रिजन ढकाल र सिकन्दर राजाले समान एक विकेट आफ्नो नाममा गरे।

चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: २९ कार्तिक २०८३ १४:२३ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast