लामिछाने दम्पतीले मनाए खरना

हिमाल प्रेस २८ कार्तिक २०८३ २०:४२ | Saturday, November 14, 2026
लामिछाने दम्पतीले मनाए खरना

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधाममा छठ पर्वको खरना पूजा गरेका छन्।

जनकपुरधाम–२ शिव चोकस्थित नरेश साहको घरमा लामिछाने दम्पतीले खरना पूजा गरेका हुन्।

चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन खरना पूजा गरिन्छ। खरनालाई छठ पर्वको प्रमुख विधिको रुपमा लिइन्छ।

लामिछाने दम्पतीले सम्पूर्ण विधि तथा प्रतिष्ठानअनुसार छठ पर्व मनाउने बताइएको छ। छठ पर्वको पूजा गर्न लामिछाने दम्पती शनिबार जनकपुरधाम आइपुगेका हुन्।

लामिछाने दम्पतीले गंगा सागरमा छठ पूजा गर्नेछन्। उनीहरूका लागि गंगा सागरस्थित पूर्वतर्फको डीलमा रहेको घाट व्यवस्थापन गरिएको छ। लामिछाने दम्पतीका लागि सूर्य मन्दिरसँगै रहेको घाट व्यवस्थापन गरिएको गंगा सागर छठ पूजा समितिका अध्यक्ष सतिशलाल दासले जानकारी दिएका छन्।

सुरक्षा निकायका प्रमुखहरूको सल्लाह र सुझावअनुसार उक्त घाट व्यवस्थापन गरिएको उनले बताए।

छठको तेस्रो दिन आइतबार सन्ध्याकालीन अर्घ्य दिइनेछ भने सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न हुनेछ। छठ पर्वलाई मध्यनजर गरी जनकपुरधामका पोखरीहरू सरसफाइ गरी सजाइएका छन्।

प्रकाशित: २८ कार्तिक २०८३ २०:४२ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast