राप्रपा महाधिवेशनमा को को हुन्छन् प्रतिनिधि?

हिमाल प्रेस २८ कार्तिक २०८३ १३:१० | Saturday, November 14, 2026
राप्रपा महाधिवेशनमा को को हुन्छन् प्रतिनिधि? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने भएका छन्।

पार्टीले सार्वजनिक गरेको व्यवस्थाअनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यबाट तीन जना महिला, एक जना उत्पीडित तथा आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, अपांगता भएका व्यक्ति र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी दुई जना निर्वाचित गरिनेछ। साथै, सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमा युवाको सहभागिता अनिवार्य गरिएको छ।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी २६, २७ र २८ मंसिरदेखि काठमाडौंमा हुँदै छ। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिने पार्टीले जनाएको छ। हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा विधान तथा निर्देशिकाबमोजिम प्रतिनिधि संख्या निर्धारण गरिने जनाइएको छ । योग्य सक्रिय सदस्यबाट ४ देखि १० मंसिरसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोट गरिसक्नुपर्ने कार्यतालिका रहेको छ।

प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरुबाट देहाय बमोजिमका महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुनेछन् स् महिला ३, उत्पीडित १, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगबाट २ सहित जम्मा ९ जना । सबै प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा सहभागिताको सुनिश्चितता अनिवार्य गर्नुपर्नेछ ।

प्रकाशित: २८ कार्तिक २०८३ १३:१० | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast