पाेखरा- पाेखरामा स्कुटर दुर्घटना हुँदा दुई जना युवककाे मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब ३ बजे पाेखरा ५ जिरो किमीस्थित लु ३ च ५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७ १६ नं. को स्कुटर ठाेक्किएकाे थियाे।
ठक्करबाट स्कुटर चालक म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ का वर्ष २६ का माेहन परियार र स्कुटर पछाडि सवार म्याग्दीकाे मंगलाका वर्ष २१ का विवेक दर्जी गम्भीर घाइते भई उपचारको लागि अस्पताल पठाएकोमा दुवै जनाको चिकित्सकद्वारा मृत्यु घोषणा गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २७ कार्तिक २०८३ १८:४८ | Friday, November 13, 2026
प्रतिक्रिया



