किम जोङ उनले गरे नौसैनिक अड्डाको निरीक्षण

हिमाल प्रेस २६ कार्तिक २०८३ १५:०९ | Thursday, November 12, 2026
किम जोङ उनले गरे नौसैनिक अड्डाको निरीक्षण

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वी तटमा निर्माणाधीन नौसैनिक अड्डाको निरीक्षण गरेका छन्। सो क्रममा उनले त्यसलाई मुलुकको समुद्री सुरक्षा र सार्वभौमिकता रक्षाका लागि महत्त्वपूर्ण परियोजना बताएका छन्।

सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले अड्डा निर्माणलाई गति दिन र गुणस्तरमा सम्झौता नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्। अड्डाको वास्तविक स्थान र आकार भने सार्वजनिक गरिएको छैन।

उत्तर कोरियाले नौसैनिक क्षमता विस्तार गरिरहेका बेला किमले आफ्नो नौसैनिक बेडालाई आणविक हतियारले सुसज्जित गर्ने र १० हजार टन क्षमताको युद्धपोत निर्माण गर्ने योजना अघि सारेका छन्।

उसले पाँच हजार टनका विध्वंसक युद्धपोत तथा जहाजबाट प्रहार गर्न सकिने क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ।

गत वर्ष सार्वजनिक गरिएको पाँच हजार टन क्षमताको विध्वंसक युद्धपोतमा सतह र हावामा प्रहार गर्न सकिने क्षेप्यास्त्र राख्न सकिने विशेषज्ञहरूको आकलन छ। रासस/एएफपी

प्रकाशित: २६ कार्तिक २०८३ १५:०९ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast