पटका पड्काउँदा बालक घाइते, अवस्था गम्भीर

हिमाल प्रेस २६ कार्तिक २०८३ १०:५१ | Thursday, November 12, 2026
पटका पड्काउँदा बालक घाइते, अवस्था गम्भीर

चितवन- पटका पड्काउँदा एक बालक घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो।

पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ । आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अबस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

प्रकाशित: २६ कार्तिक २०८३ १०:५१ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast