तस्बिर स्रोत : फरेस्ट्री नेपाल
काठमाडौँ- संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन्।
बुधबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार चट्याङ लागेर गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
सबिनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको जिल्ला अस्पताल, खाँदबारीमा उपचार भइरहेको छ।
प्रकाशित: २६ कार्तिक २०८३ ८:०१ | Thursday, November 12, 2026
प्रतिक्रिया



