एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनीबीच प्रतिष्पर्धा

हिमाल प्रेस २६ कार्तिक २०८३ ७:३८ | Thursday, November 12, 2026
एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनीबीच प्रतिष्पर्धा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन्।

५ खेलमध्ये २ मा जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ। पोखराले आफ्नो ५ खेल मध्ये एकमा मात्र जित निकालेको छ भने चार वटामा हार बेहोरेको छ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुन्छन्। यी दुई टिममा कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ भने लुम्बिनी लाइन्स अंक तालिकाको ३ तेस्रो स्थानमा छ। कर्णाली याक्सले ५ खेल खेलेकोमा दुई मा जित र बाँकी तीन खेल हारेको छ।

लुम्बिनी लाइन्सले ५ खेलमध्ये तीनमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो।

प्रकाशित: २६ कार्तिक २०८३ ७:३८ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast