कैलाली जाँदै प्रधानमन्त्री

हिमाल प्रेस १ फागुन २०७९ ७:२० | Monday, February 13, 2023
कैलाली जाँदै प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदैछन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका हुन्।

जनयुद्ध दिवसको कार्यक्रम पनि प्रधानमन्त्री प्रचण्डले त्यही मनाउने छन्।

कैलाली, गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुक्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कैलाली माओवादीले जनाएको छ।

उनी आजै काठमाडौँ फर्कने छन्।

प्रकाशित: १ फागुन २०७९ ७:२० | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast