मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी, एक घर नष्ट

हिमाल प्रेस २४ कार्तिक २०८३ ११:५४ | Tuesday, November 10, 2026
मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी, एक घर नष्ट

काठमाडौँ- बागलुङमा मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

ताराखोला गाउँपालिका–३ हिल गाउँका थमबहादुर पुनको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

मैनबत्तीबाट सल्किएको आगोको कारण घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट भएको क्षतिको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रकाशित: २४ कार्तिक २०८३ ११:५४ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast