पाँच वर्ष यही सरकार टिकाउने हो : सभापति लामिछाने

हिमाल प्रेस २४ कार्तिक २०८३ १०:३१ | Tuesday, November 10, 2026
16
SHARES
पाँच वर्ष यही सरकार टिकाउने हो : सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पाँच वर्ष यही सरकार टिकाउने बताएका छन्।

आफ्नो निवासमा देउसी खेल्न पुगेका पत्रकारहरूसँगै गीत गाउँने क्रममा लामिछानेले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, ‘नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने हो।’

पछिल्लो समय सरकारको कार्यसम्पादनलाई लिएर विभिन्न कोणबाट आलोचना भइरहेको छ। सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रश्न उठिरहेका बेला नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका राजनीतिक दलहरूले छठ पर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गरिरहेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ १०:३१ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast