दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो दुर्घटना

हिमाल प्रेस २३ कार्तिक २०८३ ८:३० | Monday, November 9, 2026
दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो दुर्घटना

दैलेख- दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार कालिकोटबाट सुर्खेततर्फ बिरामीलाई अक्सिजनसहित उपचारका लागि लैजाने क्रममा गाडी दुर्घटनामा परेको हो । गाडी कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडाले चलाएका थिए ।

दुर्घटनामा चालक सिंखडासहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा १८ वर्षीय गंग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने शार्की र २७ वर्षीया कैसी सार्की छन् । कैसी बिरामी हुन् ।

चालक सिंखडाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २३ कार्तिक २०८३ ८:३० | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast