सुक्खा पहिरो। फाइल तस्बिर।
चितवन- चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा सोमबार बिहान पनि सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।
प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।
पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उनले जानकारी दिए। हिजो आइतबार पनि सोही स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
प्रकाशित: २३ कार्तिक २०८३ ७:४३ | Monday, November 9, 2026
प्रतिक्रिया



