दसैँ, तिहार र छठलाई लक्षित गर्दै रौतहटमा ८९७ प्रहरी परिचालन, २४ घण्टा सुरक्षा निगरानी

हिमाल प्रेस २२ कार्तिक २०८३ ७:३३ | Sunday, November 8, 2026
दसैँ, तिहार र छठलाई लक्षित गर्दै रौतहटमा ८९७ प्रहरी परिचालन, २४ घण्टा सुरक्षा निगरानी गणतन्त्र दिवस समारोहमा मार्चपास प्रस्तुत काठमाडौँ, १५ जेठः गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुडिँखेलमा आयोजित विशेष समारोहमा सुरक्षाकर्मी मार्चपास प्रस्तुत गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

रौतहट- दसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। सम्भावित अपराध, चोरी, लुटपाट, ठगी तथा सवारी दुर्घटना नियन्त्रणलाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीसहित कुल ८९७ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र नागरिकको सुरक्षाको प्रत्याभूतिका लागि विशेष सुरक्षा योजना तयार पारिएको जानकारी दिएका हुन्।

प्रहरीको योजनाअनुसार जिल्लाका संवेदनशील क्षेत्र, मुख्य बजार, धार्मिक तथा सांस्कृतिक स्थल, मेला–जात्रा र भीडभाड हुने स्थानमा विशेष निगरानी गरिनेछ। यसका लागि पेट्रोल गस्ती, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती, बजार अनुगमन, यात्रु सहायता कक्ष, ड्रोन निगरानी र स्वीप अपरेसनलगायत २० प्रकारका सुरक्षा गतिविधि सञ्चालन गरिनेछ।

नागरिकको गुनासो तथा आपत्कालीन घटनामा तत्काल प्रहरी प्रतिक्रिया जनाउन जिल्लाभर ३४ स्थानमा पिकेट र २० स्थानमा पैदल गस्ती टोली परिचालन गरिनेछ। त्यसैगरी, संवेदनशील स्थानमा १४ वटा मोबाइल गस्ती, सीसीटीभी क्यामेरा र ड्रोनलाई एकीकृत गरी २४ घण्टा निगरानीको व्यवस्था मिलाइने प्रहरीले जनाएको छ।

चाडपर्वको समयमा बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार बढी हुने स्थानलाई विशेष सुरक्षा निगरानीमा राखिनेछ। सम्भावित लुटपाट, चोरी तथा अन्य आपराधिक घटना रोक्न विशेष टोली परिचालन गरिने प्रहरीको भनाइ छ।

 मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीसहित १० स्थानमा संयुक्त चेकजाँचको व्यवस्था गरिएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ ७:३३ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast