एकदिवसीय क्रिकेट विश्वकप छनोट २०२७ को कार्यतालिका सार्वजनिक, यी हुन् नेपालका प्रतिस्पर्धी

हिमाल प्रेस २१ कार्तिक २०८३ ६:३९ | Saturday, November 7, 2026
एकदिवसीय क्रिकेट विश्वकप छनोट २०२७ को कार्यतालिका सार्वजनिक, यी हुन् नेपालका प्रतिस्पर्धी

काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट २०२७ को खेल तालिका सार्वजनिक भएको छ। शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालमै हुने खेलको तालिका सार्वजनिक गरेको हो।

 प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म हुनेछ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । जसमध्ये चार टोलीले क्रिकेट विश्वकप क्वालिफायर्स २०२७ मा स्थान बनाउनेछ । प्रतियोगिता राउन्ड रोबिन प्रणालीका आधारमा हुनेछ ।

प्रतियोगितामा नेपालका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तालिका छ । अन्य खेल त्रिवि रंगशालासँगै मूलपानीस्थित माथिल्लो मैदानमा पनि हुनेछ ।

नेपालको यस्तो छ तालिका

नेपालले  पहिलो खेलमा इटालीविरुद्ध खेल्ने भएको छ । इटालीले नेपाललाई गत फेब्रुअरीमा सम्पन्न आईसीसी टी–२० विश्वकप २०२६ मा हराएको थियो ।

प्रतियोगितामा नेपालसँगै क्यानडा, कुवेत, जर्सी, युनाइटेड अरब इमिरेट्स, इटाली, नामिबिया र युगान्डा छन् । वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान प्रतियोगिताको लागि छनोट भइसकेका छन् । अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड र ओमानले हालै मात्र सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष चारमा स्थान बनाएपछि सोझै स्थान बनाएको थियो ।

नेपालले इटालीसँग डिसेम्बर ४ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। डिसेम्बर ६ मा नेपालले युगान्डासँग दोस्रो खेल खेल्नेछ । त्यसपछि, नेपालले डिसेम्बर १० मा यूएईसँग खेल्नेछ । डिसेम्बर १२ मा जर्सीसँग खेल्ने तालिका छ। डिसेम्बर १४ मा नेपालले क्यानडासँग खेल्नेछ।

नेपालले १८ डिसेम्बरमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले अन्तिम खेल २१ डिसेम्बरमा कुवेतसँग खेल्नेछ।

प्रकाशित: २१ कार्तिक २०८३ ६:३९ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast