देउसीभैलोमा सुरक्षालाई ध्यान दिन कास्की प्रशासनको आग्रह

हिमाल प्रेस २० कार्तिक २०८३ २०:१२ | Friday, November 6, 2026
देउसीभैलोमा सुरक्षालाई ध्यान दिन कास्की प्रशासनको आग्रह

पोखरा- तिहारको बेलामा खेलिने देउसीभैलोमा सुरक्षालाई ध्यान दिनुपर्नेमा सतर्क गराउँदै जिल्ला प्रशासन कार्यालय, कास्कीले सूचना जारी गरेको छ।

देउसीभैलो मर्यादित, व्यवस्थित एवम् सुरक्षित रूपमा सञ्चालन गर्न प्रशासनले १४ बुँदे सूचना शुक्रबार जारी गरेको हो।

नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक एवम् धार्मिक पर्व तिहारको अवसरमा परम्परागत रूपमा खेलिने देउसी–भैलो कार्यक्रमले नेपाली मौलिक संस्कृति, परम्परा, सामाजिक सद्भाव र आपसी भाइचारालाई अभिवृद्धि गर्दै आएको छ।

तिहार पर्वलाई सभ्य, सुरक्षित, शान्तिपूर्ण एवम् उल्लासमय बनाउन सबै नागरिक, देउसी–भैलो समूह, क्लब, संघसंस्था, आयोजक, घरधनी तथा सरोकारवालाहरूबाट आवश्यक सहयोग र समन्वयको अपेक्षा गरिएको छ।

यस पर्वको सांस्कृतिक महत्वलाई कायम राख्दै शान्ति सुरक्षा, सार्वजनिक सुव्यवस्था, सामाजिक सद्भाव तथा नागरिकको सहज आवागमन सुनिश्चित गर्न देउसी भैलो कार्यक्रम सञ्चालन गर्दा देहायका विषयहरू पालना गर्न÷गराउन सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुने गरी मर्यादित, अनुशासित एवम् व्यवस्थित रूपमा राति १० बजेसम्म मात्र सञ्चालन गर्ने, सहभागी व्यक्तिहरूले मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्ने, होहल्ला गर्ने, झैझगडा गर्ने वा सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउन नहुने, ध्वनि प्रदूषण हुने गरी डिजे, अत्यधिक ठूलो आवाजमा माइक, लाउडस्पिकर, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्नेबारे सचेत गराएको छ।

यस्तै, अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रम तथा अन्य संवेदनशील क्षेत्रहरूमा विशेष सावधानी अपनाउने र सर्वसाधारणलाई अनावश्यक बाधा नपुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने, कुनै घर, निजी आवास, कार्यालय, व्यापारिक प्रतिष्ठान वा अन्य स्थानमा खेल्न जाँदा घरधनी, सञ्चालक या सम्बन्धित जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिने, अनुमति नदिएको स्थानमा जबरजस्ती देउसीभैलो खेल्ने वा चन्दादक्षिणा माग्ने कार्य नगर्ने, भुइँचम्पा, आतिसबाजी, रकेट, पटाकाजस्ता विस्फोटक पदार्थ तथा आगलागी वा चोटपटकको जोखिम हुने अन्य पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण तथा भण्डारण नगर्ने विषयमा पनि सचेत गराएको छ।

साथै, देउसीभैलो खेल्ने क्रममा सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन एवम् पैदलयात्रीलाई बाधा पुग्ने गरी कार्यक्रम सञ्चालन नगर्ने, देउसीभैलोमा बालबालिकालाई सहभागी गराउँदा अभिभावक वा जिम्मेवार व्यक्तिको निगरानीमा राख्ने, बालबालिकालाई असुरक्षित स्थानमा लैजाने, जोखिमपूर्ण गतिविधिमा संलग्न गराउने वा उनीहरूको सुरक्षामा लापरवाही गर्ने कार्य नगर्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुरÞ्याउने, फोहोरमैला गर्ने, सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा भेला हुने वा अन्य व्यक्तिको अधिकार तथा स्वतन्त्रतामा असर पर्ने गतिविधि नगर्ने, जातजाति, धर्म, भाषा, संस्कृति, समुदाय वा अन्य सर्वसाधारणमा घृणा, द्वेष, अपमान वा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गीत, नारा, व्यवहार तथा गतिविधि नगर्नेबारे पनि सार्वजनिक सूचना जारी गरेको छ।

यदि सूचनाविपरीत प्रचलित कानूनको उल्लंघन भएमा, सार्वजनिक शान्तिसुरक्षा, सामाजिक सद्भाव, सार्वजनिक सम्पत्ति वा सर्वसाधारणको आवागमनमा बाधा पु¥याउने कार्य गरेमा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०८३ २०:१२ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast