बंगलादेशमा गोली हानाहान

हिमाल प्रेस २० कार्तिक २०८३ १५:१७ | Friday, November 6, 2026
बंगलादेशमा गोली हानाहान

ढाका- म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशंका भएको गोली हानाहानपछि बंगलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ। बिहीबार राति भएको उक्त झडपमा एक सैनिकको मृत्यु भएको बंगलादेशी सेनाले जनाएको छ।

सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर) का अनुसार १५ देखि १६ जनाको सशस्त्र समूहले करिब १२० रोहिङ्ग्या शरणार्थी र बंगलादेशी नागरिकलाई अपहरण गरेको सूचना पाएपछि सुरक्षा बलले म्यान्माको सीमा नजिकै टेकनाफको रोङ्गिखालीस्थित पहाडी क्षेत्रमा उद्धार अभियान सञ्चालन गरेको थियो।

गोली हानाहानका क्रममा सैनिक मोहम्मद तितास शेखको बायाँ काँधमा गोली लागेको थियो। अत्यधिक रक्तस्राव भएपछि उनको चोटकै कारण मृत्यु भएको सेनाले जनाएको छ। उनी २७ वर्षको थिए।

बंगलादेशमा १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीले आश्रय लिइरहेका छन्। उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी म्यान्मामा भएको सैन्य दमनबाट ज्यान जोगाउन भागेर आएका हुन्।

धेरैजसो शरणार्थी बंगलादेशको कोक्स बजार आसपासका विशाल शिविरमा बस्दै आएका छन्। त्यहाँ मानव तस्कर समूहले विदेशमा रोजगारी वा अन्यत्र जाने अवसर खोजिरहेका शरणार्थीलाई निशाना बनाउने गरेका छन्।

सन् २०१७ मा म्यान्माको सैन्य कारबाहीका क्रममा रोहिङ्ग्या गाउँ जलाइएको र सर्वसाधारणको हत्या गरिएको घटनालाई लिएर नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारसम्बन्धी मुद्दा चलिरहेको छ।

उक्त मुद्दामा अदालतले यही नोभेम्बर १९ मा फैसला सुनाउने कार्यक्रम छ। रासस/एएफपी

प्रकाशित: २० कार्तिक २०८३ १५:१७ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast