भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बजेटको अभाव हुन दिन्नौँ : अर्थमन्त्री

हिमाल प्रेस २० कार्तिक २०८३ १५:२० | Friday, November 6, 2026
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बजेटको अभाव हुन दिन्नौँ : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री वाग्लेले राहत, पुनर्निर्माण र पुनरुत्थानका प्रर्याप्त बजेटको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए।

उनले भोटेकोसी बाढीबाट २ दशमलव ७ देखि २ दशमलव ८ बिलियन डलरको तत्काल क्षति देखिएको र पुनर्निर्माण गर्दा ४ दशमलव ७ बिलियन डलर जति आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको जानकारी दिए।

कुल जीडीपीको १० प्रतिशत आकारको क्षति हुनु ठूलो संकट भए पनि तत्कालका लागि सरकारकै बजेटभित्रबाट राहत र पुनर्उत्थानका कामहरू भइरहेको उनले बताए।

अर्थमन्त्री वाग्लेले यसपटक २१ सय २४ अर्बको बजेटको सीमा नाघ्न गाह्रो भए तापनि, अहिलेकै विनियोजनबाट ठेक्का प्रक्रिया अगाडि बढाएर आगामी वर्षको बजेटमा पुनर्निर्माणको अंश थपेर आकार बढाउन सकिने व्यावहारिक पक्षमा छलफल भइरहेको जानकारी दिए।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी बाढीमा ज्यान गुमाएका मृतक परिवारलाई राहत दिने सन्दर्भमा अन्तिम चरणको काम भइरहेको जानकारी दिए।

बाढीका कारण प्रभावित संकटग्रस्त घोषणा भएका पालिकाहरूमा पैसा पठाइसकिएको भन्दै उनले खर्च गरेर थप बजेट माग गर्ने बित्तिकै प्रधानमन्त्री तर्फको कोषबाट तुरुन्तै पैसा पठाउने व्यवस्था गरिएको बताए।

बैठकमा समिति सदस्यहरुले प्रभावित नागरिकको भावना अनुरुप बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा केन्द्रीत हुन सुझाव दिएका थिए।

प्रकाशित: २० कार्तिक २०८३ १५:२० | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast