बिहीबार १३ हजार ३०० ले बढेको सुन आज ह्वात्तै घट्यो

हिमाल प्रेस २० कार्तिक २०८३ ११:०० | Friday, November 6, 2026
बिहीबार १३ हजार ३०० ले बढेको सुन आज ह्वात्तै घट्यो

काठमाडौँ-  सुनको मूल्य आज घटेको छ। बिहीबार १३ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार भने (कात्तिक २०) ५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ६०० रुपैयाँ बढेर मूल्य २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार ७०० रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबार पनि २ हजार ३०० रुपैयाँ बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो।

आइतबार भने ८ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ७२ हजार रुपैयाँ थियो ।

प्रकाशित: २० कार्तिक २०८३ ११:०० | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast