लेकसाइडबाट एकैचोटि २१ जना मानिस र २७ सवारीसाधन नियन्त्रणमा

हिमाल प्रेस १९ कार्तिक २०८३ १५:२२ | Thursday, November 5, 2026
लेकसाइडबाट एकैचोटि २१ जना मानिस र २७ सवारीसाधन नियन्त्रणमा

पोखरा- पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडबाट गएराति एकैपटक २१ जना मानिस र २७ वटा सवारीसाधन प्रहरीले नियन्त्रण लिएको छ।

पछिल्लो समय लेकसाइडमा झैंझगडा गर्ने, पोखरा घुम्न आउने पर्यटकलाई दुःख दिने, अनैतिक तथा अवाञ्छित गतिविधि भइसकेको जुनासोसँगै स्थानीयले प्रहरीसमक्ष गुनासो गरेका थिए।

जसका कारण कास्की प्रहरीले नजिकिएको तिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य तवरले सम्पन्न गर्न ‘अपरेसन सभ्यता’ नामक प्रहरी विशेष अपरेसन सञ्चालन गरेको हो।

बुधबार राति १ देखि ५ बजेसम्म सञ्चालन गरिएको उक्त अपरेसनमा लेकसाइडमा झण्डी बुर्जा खेलाउने, होहल्ला गर्ने, अवाञ्छित तथा अनैतिक क्रियाकलाप गर्ने २१ जना मानिसहरु पक्राउ परेका हुन्।

तीमध्ये झण्डीबुर्जा खेलाउने १० जना, अवाञ्छित क्रियाकलापमा संलग्न ६ जना, झैँझगडा गर्ने २ जना, चोरी मादक पदार्थ सेवनलगायतका गतिविधिमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्याय, कास्कीका सूचना अधिकारी डिएसी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका ती व्यक्तिलाई वडा प्रहरी कार्यालय बैदामबाट थप अनुसन्धान तथा कारबाही भइरहेको छ।

सोही राति लेकसाइडमै सवारीसाधन चेकजाँच गर्दा २७ वटालाई नियन्त्रणमा लिइएको थियो। जसमध्ये १५ वटा सवारीसाधनका चालकलाई मापसे कारबाही, २ सवारीसाधनका चालकलाई ट्राफिक कारबाही गरिएको छ भने १० वटालाई होल्डमा राखी अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १५:२२ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast