शिक्षक सेवाले मन्त्रीलाई बुझायो आगामी कार्यदिशाको प्रतिवेदन

हिमाल प्रेस १९ कार्तिक २०८३ ११:०५ | Thursday, November 5, 2026
शिक्षक सेवाले मन्त्रीलाई बुझायो आगामी कार्यदिशाको प्रतिवेदन

काठमाडौँ- शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमक्ष पेस गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन गरिएका प्रमुख कार्य, समग्र गतिविधि, उपलब्धि, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएको प्रतिवेदन आयोगका अध्यक्ष डा.हरिप्रसाद लम्सालले मन्त्री पोखरेलसमक्ष पेस गरेका हुन्।

शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा प्रतिवेदन बुझाइएको हो। सो अवसरमा मन्त्री पोखरेलले आयोगले महत्त्वपूर्ण कार्यहरू सम्पादन गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए।

नेपाल सरकारबाट स्वीकृत दरबन्दीअनुसार सामुदायिक विद्यालयमा रिक्त शिक्षक तथा कर्मचारी पदमा नियुक्तिका लागि सिफारिस गर्ने र त्यस्ता पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाका लागि सिफारिस गर्ने जिम्मेवारी शिक्षक सेवा आयोगको रहेको छ।

शिक्षा ऐनको व्यवस्थाअनुसार आयोगले आफ्नो कामकारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार आयोगले १८औँ वार्षिक प्रतिवेदन पेस गरेको हो।

प्रतिवेदन पेस गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, प्रमुख सल्लाहकार, सहसचिवहरू, आयोगका प्रशासनिक प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १९ कार्तिक २०८३ ११:०५ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast