अर्थ मन्त्रालयमातहतका तीन निकायमा नयाँ नेतृत्व

हिमाल प्रेस १८ कार्तिक २०८३ २१:१३ | Wednesday, November 4, 2026
अर्थ मन्त्रालयमातहतका तीन निकायमा नयाँ नेतृत्व

काठमाडौँ- सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।

बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए।

त्यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त भएका छन्।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिका सिफारिसमा उनलाई पनि मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ।

भण्डारीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा नियुक्त गरेको हो।

प्रकाशित: १८ कार्तिक २०८३ २१:१३ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast