कांग्रेसले बोलायो आकस्मिक बैठक

हिमाल प्रेस १८ कार्तिक २०८३ १५:२४ | Wednesday, November 4, 2026
16
SHARES
कांग्रेसले बोलायो आकस्मिक बैठक नेपाली कांग्रेसका सभापति गगन थापा/फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।

सानेपास्थित पार्टी कार्यालयमा बुधबार बस्ने गरी कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको हो।

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएकोे केही बेरपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।

सहमहामन्त्री डीला संग्रौलाले केही बेरपछि बैठक सुरू हुने जानकारी दिइन्।

‘पदाधिकारी बैठक बोलाइएको छ, अब केही बेरपछि सुरू हुन्छ,’ उनले भनिन्।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताइन्।

‘मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक संगठन, पार्टीको बाँकी रहेका अधिवेशन, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको छ,’ उनले भनिन्।

बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू, प्रतिनिधिसभामा विपक्षी दलका नेतालगायतलाई बोलाइएको बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १५:२४ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast