आईजीपी कार्की बर्खास्त, डा. केसी नियुक्त

हिमाल प्रेस १८ कार्तिक २०८३ १४:१० | Wednesday, November 4, 2026
22
SHARES
आईजीपी कार्की बर्खास्त, डा. केसी नियुक्त

काठमाडाैँ–  सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई महानिरीक्षक पदबाट बर्खास्त गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकले नयाँ आईजीपीमा डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको पोखरेलले जानकारी दिए।

पोखरेलले कार्कीलाई कारबाही गरिएको नभई जिम्मेवारी मात्र फेरबदल गरिएको दाबी गरे। उनले भने, ‘कार्कीलाई कारबाही गरेको नभई नयाँ जिम्मेवारी दिइएको हो।’ उनले शान्तिसुरक्षाका सम्बन्धमा प्रधानमन्त्रीलाई विशेष सल्लाहकार नियुक्त गर्नुपर्ने भन्ने रास्वपाबाट पनि प्रस्ताव आएकोले कार्कीलाई उक्त पदमा ल्याइएको प्रवक्ता पोखरेलले जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय गरेको हो।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई सरकारले आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १४:१० | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast