काठमाडाैँ ओर्लिएलगत्तै विदेश सचिव मिश्रीले थाले उच्चस्तरीय भेटवार्ता

हिमाल प्रेस १८ कार्तिक २०८३ १२:५० | Wednesday, November 4, 2026
10
SHARES
काठमाडाैँ ओर्लिएलगत्तै विदेश सचिव मिश्रीले थाले उच्चस्तरीय भेटवार्ता

काठमाडाैँ– प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि बुधबार काठमाडाैँ आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्।

बिहान काठमाडाैँ आइपुगेका मिश्रीले आगमनलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका हुन्।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

 नेपाल र भारतबीच आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई केन्द्रमा राखेर भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १२:५० | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast