काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बुधबारको मूल्यसूचीअनुसार कालीमाटी बजारमा कुरिलो सबैभन्दा महँगो तरकारीमध्ये एक बनेको छ। कुरिलोको औसत थोक मूल्य प्रतिकिलो ७५० रुपैयाँ पुगेको छ।
समितिका अनुसार आज पार्सले प्रतिकिलो २ हजार ६०० रुपैयाँ, पुदिना ६५० रुपैयाँ, सेलरी ४५० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, डल्ले च्याउको औसत मूल्य २८२ रुपैयाँ ८६ पैसा, राजा च्याउ २९० रुपैयाँ र कन्य च्याउ १०८ रुपैयाँ ३३ पैसा प्रतिकिलो रहेको छ।
सामान्य उपभोगका तरकारीमध्ये ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँ, सानो लोकल गोलभेँडा २५ रुपैयाँ, रातो लाम्चो आलु ५७ रुपैयाँ ५० पैसा र भारतीय सुकेको प्याज ८८ रुपैयाँ ६७ पैसा कायम भएको छ।
लोकल गाँजर ८५ रुपैयाँ, बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो रहेको छ।
यसैगरी तने बोडी ७५ रुपैयाँ, लौका ४५ रुपैयाँ, करेला ८५ रुपैयाँ, भिण्डी ९४ रुपैयाँ, पालुंगोको साग १०० रुपैयाँ र रायोको साग ३० रुपैयाँ प्रतिकिलो छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३२५ रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ, मुस्ताङको स्याउ २२५ रुपैयाँ र अनार ३२५ रुपैयाँ कायम भएको छ। नेपाली केरा प्रतिदर्जन १२५ रुपैयाँ र भारतीय सुन्तला प्रतिकिलो १७५ रुपैयाँमा कारोबार भइरहेको छ।



