कांग्रेसको गगन नेतृत्वको कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक

हिमाल प्रेस १६ कार्तिक २०८३ १७:१० | Monday, November 2, 2026
20
SHARES
कांग्रेसको गगन नेतृत्वको कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा सोमबार महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि बुझाइएको कांग्रेसले जनाएको छ।

महामन्त्री पौडेलले केन्द्रीय कार्यसमितिको विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयसमेत आयोगमा बुझाएका छन्।

प्रकाशित: १६ कार्तिक २०८३ १७:१० | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast